Section 70
परिपालन अधिकृत नियुक्त गर्नु पर्ने
_ (१) बीमकले इजाजतपत्रप्रा्त गरेको एक वर्षभित्र बीमा, व्यवस्थापन, वाणिज्यशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधी प्राप्त गरेका व्यवस्थापक तहका अधिकृत कर्मचारी मध्येबाट परिपालन (कम्प्लाइन्स) अधिकृत नियुक्त गरी वा तोकी सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ ।

(२) यो ऐन प्रारम्भ हुँदाका बखत इजाजतपत्रप्राप्त गरिसकेका बीमकले यो ऐन प्रारम्भ भएको छ महिनाभित्र यस दफा बमोजिम परिपालन- अधिकृत नियुक्त गरी वा तोकी सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ।

(३) परिपालन अधिकृतले उपदफा (३) मा उल्लिखित विषय बीमकबाट पालना भए वा नभएको बारे विवरण तयार गरी प्राधिकरण समक्ष त्रैमासिक रूपमा पेश गर्नु पर्नेछ।

(४) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (३) मा उल्लिखित विषय सम्बन्धित बीमकबाट पालना भए वा नभएको सम्बन्धमा प्राधिकरणले जुनसुकै बखत परिपालन अधिकृतसँग अद्यावधिक विवरण माग गर्न सक्नेछ। (५) उपदफा (५) बमोजिम विवरण माग भएमा परिपालन अधिकृतले प्राधिकरणले तोकेको अवधिभित्र त्यस्तो विवरण प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

(६) उपदफा (६) बमोजिम पेश भएको विवरणको सत्यता तथा प्रमाणिकताका लागि सम्बन्धित परिपालन अधिकृत जिम्मेवार हुनेछ।

(७) यस दफामा लेखिएको कुनै पनि कुराले उपदफा (३) मा उल्लिखित विषयहरू अद्यावधिक, रूपमा पालना गर्नु पर्ने कुराबाट बीमक, बीमकको सञ्चालक समिति वा कार्यकारी प्रमुखले छुट पाएको मानिने छैन।